PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आइएसले चार वर्ष नियन्त्रणमा राखेको इराकी शहरमा जाँदै पोप



आइएसले चार वर्ष नियन्त्रणमा राखेको इराकी शहरमा जाँदै पोप
Photo : BBC / Reuters

इराक भ्रमणमा रहेका क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिस इस्लामिम स्टेटको नियन्त्रणमा रहेर हाल स्वतन्त्र भइसकेको क्षेत्रमा जाने भएका छन्।

सन् २०१४ मा इस्लामिक स्टेटले इसाई धर्मवालम्बीहरु बसोबास गर्दै आएको क्षेत्रमा लुटपाट गर्नै त्यहाँ रहेका चर्चहरु नष्ट गरेका थिए। सन् २०१७ मा ती क्षेत्र आइएस मुक्त भएका थिए।

कोरोना कहरबिच पहिलोपटक भ्याटिकन सिटीबाट बाहिरिएका पोप इब्रिल क्षेत्रमा करिब १० हजारभन्दा बढीको उपस्थितिमा सभामा सहभागी हुनेछन्। पोप र उनीसँगै आएकाहरुले कोरोनाविरुद्ध खोप लगाएपनि इराकमा भर्खर खोप पुगेकोले उक्त कार्यक्रमका कारण कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै आलोचना समेत भइरहेको छ। भाइरसको संक्रमणलाई मध्यनजर गर्दै केही स्थानमा कर्फ्यू समेत लगाइएको छ।

चारदिने भ्रमणका क्रममा इराक पुगेका पोपले शनिवार शिया मुसलमानका धर्मगुरु अयातुल्ला अली अल सिस्तानीसँग भेटवार्ता गरेका थिए। त्यसक्रममा सिस्तानीले इराकमा बस्दै आएका इसाई नागरिकहरुले आफ्नो पूर्ण संवैधानिक अधिकारहरुलाई अन्य इराकी नागरिकहरुले झै शान्ति र सुरक्षित साथ पालना गर्नुपर्ने बताएका थिए।

केही शिया चरमपन्थी विद्रोही समूहले पोपको इराक भ्रमणको विरोध गरिरहेका छन्। उनीहरुले पोपको भ्रमणलाई आन्तिरिक मामिलमा हस्तक्षेप समेत भनेका छन्। पोपको सुरक्षामा करिब १० हजार इराकी सुराकर्मी तैनाथ गरिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell