PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एकीकरणपछि जसपाको संसदीय दलको पहिलो बैठक बस्दै, यस्ता छन् तीन एजेण्डा



एकीकरणपछि जसपाको संसदीय दलको पहिलो बैठक बस्दै, यस्ता छन् तीन एजेण्डा
एकीकरणपछि जसपा कार्यकारिणी समितीको पहिलो बैठक। फाइल फोटो

काठमाडौं : राजपा र समाजवादी पार्टी एकीकरण भई बनेको जनता समाजवादी पार्टी (जसपा) को पहिलो संसदीय दलको बैठक आज बस्दैछ।

सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने पार्टीका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए। उनका अनुसार बैठकका लागि तीन वटा एजेण्डा तय भएका छन्।

'पहिलो त समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुन्छ। यसमा संसद बैठकमा कसरी प्रस्तुत हुने, सरकार निर्माण प्रक्रियामा समर्थन दिने/नदिने वा आफैं सहभागी हुने/नहुने, मागहरु सम्बोधनका लागि कसरी पहल गर्ने विषय हुन्छन्,' उनले भने।

दोस्रो एजेण्डा एकीकृत पार्टीको विधान पारित गराउने रहेको उनले बताए। तेस्रो एजेण्डा संसदीय दल एक गराउने, संसदीय समितिहरु बनाउने सम्बन्धमा रहेको उनले बताए।

जसपामा पार्टी एकता हुने बेला राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाउने भद्र सहमति भएको थियो। आज निर्णय हुने नहुने भने निश्चित छैन। नेता झा सहमति भए पनि को नेता बन्छ भन्ने आफूलाई जानकारी नभएको बताउँछन्।

संसदमा जसपाका ३४ सांसद छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell