PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

मेक्सिको सिटीमा महिला मार्च : प्रहरीले र्‍याली रोक्न खोज्दा झडप



मेक्सिको सिटीमा महिला मार्च : प्रहरीले र्‍याली रोक्न खोज्दा झडप
Photo : Reuters

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मेक्सिको सिटीमा निकालिएको र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको छ। महिलाहरुको हत्या बढ्दै गइरहेको र त्यसको मुख्य कारण लैंगिक हिंसा भएको भन्दै महिलाहरुले त्यसको रोकथाम गर्न दबाब स्वरुप 'मार्च'  निकालेका थिए।

मार्चकै क्रममा प्रहरीले र्‍यालीका सहभागीहरुलाई रोक्ने प्रयास गरेको थियो। प्रहरीले अश्रु ग्यास र दंगा नियन्त्रण उपकरणको सहयातले रोक्ने कोसिस गरेका थिए। त्यसक्रममा प्रहरी र महिलाबिच धेरै समयसम्म मुठभेड भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। प्रदर्शनकारीहरुले पनि केही सरकारी सम्पत्ती तोडफोड गर्नुका साथै आगो लगाएका थिए। प्रहरीले प्रदर्शनमा सहभागी केही महिला र पत्रकारहरुलाई नियन्त्रणमा लिएको छ। हाल मेक्सिको सिटीमा प्रहरी र महिला अधिकारवादीहरुबीच हुने झडपलाई सामान्यरुपमा लिने गरिएको छ।

सन् २०२० मा मात्रै मेक्सिकोमा ९३९ जना महिलाको हत्या भएको बताइन्छ।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell