PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दमकज्योति र दमक बालज्योति लोकार्पण



दमकज्योति र दमक बालज्योति लोकार्पण

विराटनगर : दमक प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित दमकज्योति र दमक बालज्योतिको प्रमुख अतिथि दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली र विशिष्ट अतिथि साहित्यकार प्रमोद प्रधानले लोकार्पण गरे। दमक प्रज्ञा प्रतिष्ठान दमक नगरपालिकाले गठन गरेको हो।

दमकज्योतिको सम्पादन समितिको संयोजकमा बाँस्कोटा धनन्जय र सदस्यहरूमा धनकुटे कान्छा, शिव रेग्मी प्रणत र बिन्दु दाहाल मूकदर्शक रहनुभएको छ भने दमक बालज्योतिको सम्पादन समितिको संयोजकमा धनकुटे कान्छा र सदस्यमा खेमलाल पोखरेल छन्। दुवै पत्रिका अर्धवार्षिक हुन्। दुवै पत्रिकाको पृष्ठ संख्या करीब २०० रहेको छ।

गत शनिबार दमकमा आयोजित कार्यक्रममा नगर प्रमुख रोमनाथ ओलीले यो प्रारम्भ मात्र भएको र यस्तो काम गर्न स्थानीय सरकारसंग स्रोतको अभाव नभएको बताए। साहित्यकार प्रमोद प्रधानले स्थानीय सरकारले चाहेमा साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण काम गर्न सकिन्छ भन्ने उदाहरण दमक नगरपालिकाले प्रस्तुत गरेको बताए। प्रधानले बालसाहित्यका लागि छुट्टै पत्रिका प्रकाशन गरेकोमा खुशी पनि व्यक्त गरे।

दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हेमनाथ अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा लोकार्पित पत्रिकाबारे क्रमशः लीला अधिकारी र मिश्र वैजयन्तीले धारणा राखेका थिए। साथै साहित्यकारहरू पुण्यप्रसाद खरेल, प्रगतिशील लेखक संघका झापा जिल्ला अध्यक्ष राजेन्द्र संग्रौला र सम्पादक धनकुटे कान्छाले पनि नगरपालिकाले साहित्यका क्षेत्रमा गरेको लगानी र काम उल्लेखनीय भएको चर्चा गरेका थिए। कार्यक्रममा ६ वर्षीय बालक रियाज रिजालले तबला बजाएर धेरैको मन जितेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell