PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

ओली प्रवृत्तिविरुद्ध ७७ जिल्ला पुग्ने माधव नेपालको संकल्प, 'ओली आफूलाई बा भन्न रुचाउँछन्, कमरेड भन्दैनन्'



ओली प्रवृत्तिविरुद्ध ७७ जिल्ला पुग्ने माधव नेपालको संकल्प, 'ओली आफूलाई बा भन्न रुचाउँछन्, कमरेड भन्दैनन्'

काठमाडौं : नेकपा (एमाले) का नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीमा कम्युनिष्ट संस्कार नै नभएको आरोप लगाएका छन्।

आफू पक्षको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको भेला प्रज्ञा प्रतिष्ठानमा भइरहेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले ओलीले कम्युनिष्ट आन्दोलनलाई बिर्सजन गर्ने प्रयास गरिरहेको बताएका हुन्।

'ओली आफूलाई बा भन्न रुचाउछन्, कमरेड भन्दैनन्। उनमा कम्युनिष्ट संस्कार नै छैन।'

ओली सुरुदेखि गुटबन्दीमा लागेको भन्दै नेपालले आफूसहित एमालेका पुराना नेताहरुलाई केपीको आन्द्रभुँडी सबै थाहा भएको बताए।  

ओली व्यक्तवादी भएको आरोप लगाउँदै उनले आफूहरु ओली प्रवृत्तिविरुद्ध लडिरहेको नेपालले बताए। नेपालले ओलीको व्यक्तिवादी चिन्तनलाई बहिस्कार गर्दै अघि हिँड्न कार्यकर्तालाई आह्वान गर्दै आफ्नो समूह सामूहिकवादी प्रवृत्ति र सबैलाई मिलाउने दिशातर्फ उन्मुख हुनुपर्ने बताए।

ओलीको 'दास मानसिकता' लाई पराजित गर्ने भन्दै नेपालले भने, 'हामी पार्टी विभाजनको पक्षमा छैनौं। तर कसैको दास बन्दैनौं। ओली विभाजनको पक्षमा हामी एकताको। -के हामी घुँडा टेक्ने बाटोमा जाने हो? केपी ओलीको टाङमुनि जाने होइन।'

नेपालले ओली समूहबाट सोधिएको स्पष्टीकरणबाट आफूहरु विचलित नभएको समेत बताए। अब ओली प्रवृत्तिविरुद्ध लड्न आफूले ७७ जिल्लामै पुग्ने संकल्प गरेको उनले बताए।

'केपी ओलीका चुरीफुरी प्रधानमन्त्रीको कुर्सीमा बसुन्जेल मात्र हो। नभए सडकमा आउँदा ओली हावा फुस्किने छ।'

नेता नेपालले हिम्मत भए आफूहरुलाई पार्टीबाट निकालेर देखाउन ओलीलाई चुनौती समेत दिए। साथै ओलीले जालझाल गरेर एमाले कब्जा गरे आफूहरुले नयाँ रणनीति बनाएर अघि बढ्ने समेत उनले बताए। पार्टीलाई एकजुट गरेर अघि बढाउन नसक्ने भए ओलीलाई पार्टी छोडेर जान समेत नेपालले आह्वान गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell