PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बद्री पंगेनी भन्छन् : थ्री नेसन्स् कपमा खेलाडीले फुटबल भन्दा फुटसल धेरै खेले



बद्री पंगेनी भन्छन् : थ्री नेसन्स् कपमा खेलाडीले फुटबल भन्दा फुटसल धेरै खेले

काठमाडौं : 'थ्री नेसन्स् कप' को आज फाइनल खेल हुँदैछ। दशरथ रंगशालामा हुने खेलमा नेपाल र बंगलादेश भिड्दैछन्।

'थ्री नेसन्स् कप' प्रतियोगीताको फाइनल हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीपजि दशरथ रंगशाला पुग्दैछन्। लगातार दुई खेलमा गोल रहित बराबरी खेलेर फाइनल प्रवेश गरेको नेपाली टोलीको खेललाई लिएर सर्वत्र चासो छ।

यता फुटबलमा चासो राख्ने बद्री पंगेनीले शुरुवातदेखि नै थ्री नेसन कपलाई फ्लो गरिरहेका छन्। केही दिनअघि

थ्री नेसन्स् कप को फाइनल गेमलाई लक्षित गर्दैँ गायक बद्री पंगेनीले फेसबुकमा स्टाट्स लेखेका छन्। उनले नेपाली टिमका प्रशिक्षक बालगोपाल महर्जनलाई फाइनल गेममा विभिन्न कुरामा ध्यान दिन अनुरोध गरेका छन्।

केहिदिन अघि फुटबल हेर्न दशरथ रंगशाला नै पुगेका उनले खेलाडीहरुले फुटबल भन्दापनि फुट्सल धेरै खेलेको अनुभव गरेको बताएका छन्। त्यसैले आजको खेलमा अनुभवी खेलाडीलाई स्थान दिएर पोस्ट चार्ज गर्न र ग्रास बल खेल्न अनुरोध गरेका छन्।

आजको फाइलनल खेल साँझ साढे पाँच बजेबाट सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell