PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

फिल्म फेयरमा अमिताभ, तापसी र इरफान उत्कृष्ट, खानलाई 'लाइफटाइम एचिभमेन्ट अवार्ड'



फिल्म फेयरमा अमिताभ, तापसी र इरफान उत्कृष्ट, खानलाई 'लाइफटाइम एचिभमेन्ट अवार्ड'
Photo : Indian Express

गत शनिवार भारतमा ६६ औं 'फिल्म फेयर अवार्ड' सम्पन्न भयो। उक्त अवार्डबाट यसपटक तापसी पन्नु र अभिताभ बच्चनले अवार्ड हासिल गरे।

तापसीको 'थप्पड'ले ७ वटा विधामा अवार्ड हासिल गरेको छ। तापसी उत्कृष्ट अभिनेत्रीबाट सम्मानित भइन्। साथै थप्पडले उत्कृष्ट कथा, उत्कृष्ट फिल्म, उत्कृष्ट गायन (पुरुष - एक टुकडा धुप) लगायतको अवार्ड समेत जित्यो।

दिवंगत अभिनेता इरफान खानलाई फिल्म 'अग्रेजी मिडियम' का लागि उत्कृष्ट अभिनेताको अवार्ड प्रदान गरिने घोषण गरिएको थियो। साथै उनलाई 'लाइफटाइम एचिप्मेन्ट अवार्ड' बाट समेत सम्मानित गरिएको छ।

७८ वर्षीय अमिताभ बच्चनलाई 'क्रिटिक उत्कृष्ट अभिनेताको अवार्ड दिइएको थियो। साथै अमिताभ अभिनित फिल्म 'गुलाबो सीताबो' ले फिल्म फेयर अवार्डमा धेरै विधामा जित्ने दोस्रो फिल्म बन्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell