PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

क्यानडामा ५५ वर्षभन्दा कम उमेर समूहलाई अस्ट्राजेनेका भ्याक्सिन लगाउन रोक



क्यानडामा ५५ वर्षभन्दा कम उमेर समूहलाई अस्ट्राजेनेका भ्याक्सिन लगाउन रोक
Photo : Reuters

क्यानडाले ५५ वर्षभन्दा कम उमेरका नागरिकलाई अक्सफोर्ड अस्ट्राजेनेका भ्याक्सिन लगाउने कार्य स्थगित गरेको छ। भ्याक्सिन लगाएपछि रगत जम्ने खतरा रहेको भन्दै यो भ्याक्सिनको प्रयोग यसअघि युरोपियन देशहरुले बन्द गरेका थिए। अहिले भने फेरि अस्ट्राजेनेका भ्याक्सिनको प्रयोग युरोपमा सुरु भइसकेको छ।

यता क्यानडाले भने अस्ट्राजेनेका भ्याक्सिनबाट उत्पन्न हुन सक्ने खतरालाई मध्यनजर गर्दै हाललाई ५५ वर्षभन्दा कम उमेरकालाई भ्याक्सिन नदिन निर्णय गरेको हो।

क्यानडाका पब्लिक हेल्थ उपप्रमुख हवार्ड नोजले भ्याक्सिनको खतराको मल्यांकनबाट आउने परिणामपछि यसको प्रयोग गर्ने वा नगर्ने भन्ने बारे निर्णय लिने बताएका छन्। अस्थायी रुपमामात्रै रोक लगाएको भन्दै उनले क्यानडामा संक्रमण र मृत्युको बढ्दै गइरहँदा भ्याक्सिनको प्रयोग गर्ने बाहेक अन्य उपाय नहुने समेत प्रस्टीकरण दिएका छन्।

अस्ट्राजेनेका भ्याक्सिनलाई लिएर धेरै शंका उत्पन्न हुँदा विश्व स्वास्थ्य संगठनले भने भ्याक्सिन सुरक्षित रहेको बताएको छ। यस्तै, अमेरिकामा गरिएको परीक्षणमा भने भ्याक्सिन प्रभावकारी पाइएको थियो।

   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell