PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अमेरिकामा नेपालीको संघर्षबारे 'लाइफ इन एलए' बन्ने



अमेरिकामा नेपालीको संघर्षबारे 'लाइफ इन एलए' बन्ने

सुर्य एन श्रेष्ठको निर्देशनमा फिल्म ‘लाइफ इन एलए’ बन्ने भएको छ।

बाश इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण हुने फिल्ममा अकेशा बिष्ट, बाश विष्शु, जरेद बिल्लुप्स, साम भुजेल, आयुस केसी र बिशाल ढकालको अभिनय हुनेछ।

फिल्मको कथा अमेरिका लस एन्जल्समा बसोबास गर्ने नेपालीको संघर्षमा आधारित हुनेछ। साथै फिल्मको सुटिङ अप्रिल पहिलो साताबाट शुरु हुने निर्माण पक्षले जनाएको छ।

राजेन्द्र ठकुराठी निर्माता रहेको फिल्ममा सुदीप बरालको छायांकन रहनेछ। फिल्मको कार्यकारी निर्माता संसार ए सुवेदी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell