PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

हङकङका 'फादर अफ डेमोक्रेसी' सहित ७ जना 'गैरकानूनी' प्रदर्शनको आरोपमा दोषी ठहर



हङकङका 'फादर अफ डेमोक्रेसी' सहित ७ जना 'गैरकानूनी' प्रदर्शनको आरोपमा दोषी ठहर
Photo : Tyrone Siu/ Reuters

हङकङको एक अदालतले स्वतन्त्र हङकङ माग गरिरहेका प्रजातन्त्रवादी नेता र अभियन्तालाई सरकारविरुद्ध प्रदर्शन गरेको भन्दै दोषी करार गरेको छ। सन् २०१९ मा भएको सरकारविरोधी शान्तिपूर्ण प्रदर्शनमा उनीहरुको संलग्नता भएको भन्दै अदालतले ७ जनालाई दोषी ठहर गरेको हो।

दोषी ठहर हुनेमा मिडिया टाइकुन जिम्मी लाइ सहित, उपनिवेशकालमा 'फादर अफ डेमोक्रेसी' भनेर चिनिने ८२ वर्षीया मार्टिन लिसमेत रहेका छन्। यस्तै, मार्गारेट एनजी, लि ची उ कान, लिउङ कोक हुङ, अल्बर्ट हो र साइड हो पनि छन्।

जिल्ला अदालतमा भएको सुनुवाईका क्रममा न्यायाधीश अमान्डा वुडककले लि लगायतका ७ व्यक्तिले हङकङमा सरकारविरुद्ध गैर कानूनी रुपमा भेला गरेको देखिएको भन्दै उनीहरुविरुद्ध फैसला सुनाइएको बताइन्।

गैर कानूनी रुपमा आयोजना गरिएको र्‍याली हो भनेर थाहा हुँदाहुँदैपनि उनीहरु सहभागी भएको समेत अदालतले फैसलामा जनाएको छ।

हङकङमा शान्तिपूर्ण रुपमा भेला हुन पाउने कानून भएपनि त्यसबेला नागरिकको सुरक्षा र शान्ति सुव्यवस्था कायम गर्न प्रतिबन्ध लगाइएको वुडले बताइन्।

दोषी ठहर भएकाहरुलाई दिइएको सजायपछि मात्रै सार्वजनिक हुने बताइएको छ। उनीहरुलाई १२ देखि १८ महिनासम्म वा ५ वर्षसम्म पनि कैद हुन सक्ने स्थानीय संचारमाध्महरुले उल्लेख गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell