PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

ओलीले लगालग कारवाही गरेपछि झनै आक्रोशित नेपाल समूह, 'ओलीका लागि संसारमा या त चाकर छन् या शत्रु'



ओलीले लगालग कारवाही गरेपछि झनै आक्रोशित नेपाल समूह, 'ओलीका लागि संसारमा या त चाकर छन् या शत्रु'

काठमाडौं :  नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव कुमार नेपाल समूहका नेताहरुलाई कारवाही गर्ने क्रम बढाउँदै लगेको छ। ओलीले पार्टीको अनुसाशन उल्लंघन गरेको भन्दै नेपाल सहित उक्त समूहका ४ जनालाई पार्टिबाट ६ महिनाका लागि निलम्बन गरेका छन्। यो सँगै नेकपा एमालेमा अनौपचारिक विभाजन आएको छ।

चैत १६ गते सोमवार ओलीले माधव नेपाल र स्थायी कमिटी सदस्य भीम रावललाई पार्टीबाट निलम्बन गरेका थिए भने बिहीवार (आज) स्थायी कमिटी सदस्यहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई कारवाही गरेका छन्।

चैत ८ मा चारै जना नेतालाई तीन दिनभित्र स्पष्टिकरण बूझाउन भन्दै महासचिव ईश्वर पोखरेलले जवाफ माग गरेका थिए। चित्तबुझ्दो जवाफ नआएको भन्दै ओलीले भने लगालग कारवाही थलेका हुन्।

ओलीले कारवाही गर्ने क्रम बढाउँदै गएपछि नेपाल समूह झनै आक्रोशित बनेको छ। नेपाल समूहका नेताले ओली नसच्चिए अब एमाले एक नरहने चेतावनी दिइरहेका छन्। ओलीलाई चुनौती दिँदै तीन महिनासम्म समानान्तर कमिटी बनाउने रणनीति बनाएको नेपाल समूह त्यसैअनुसार गतिविधि अघि बढाउने दाबी गरिरहेको छ। र, ओलीमाथिको प्रहारलाई तिब्र बनाउने तयारीमा देखिन्छ।

ओलीको कारवाही पछि स्थायी कमिटी सदस्य भुसालले ओलीलाई सत्ता मोहले व्यक्तिवादी बनाएको टिप्पणी गरेका छन्।

'असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने बनाएको छ,' उनले भने।

ओलीका लागि पार्टीमा कि शत्रु की चाकर बाहेक कोही नभएको भुसालले टिप्पणी गरे।  ‘म बस्न नपाउने कुर्सी भाँची दिन्छु, यो उनी आफैले कबुल गरेको जीवन दर्शन हो । एउटा धरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ। उनका लागि संसारमा या त चाकर छन् या शत्रु,' भुसालको आरोप छ।

ओलीले एमालेको चिरहरण गरेको भन्दै त्यसको आफूले सामना गर्ने भुसालको भनाई छ। ओलीले एमालेको अध्यक्षका रुपमा गरेको वर्वादीको दुनियाँ सँग आफूले माफी माग्ने समेत भुसालले बताएका छन्।

 

असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने बनाएको छ । ‘म बस्न नपाउने कुर्ची भाँची...

Posted by Ghanashyam Bhusal - घनश्याम भूसाल on Thursday, April 1, 2021

यस्तै, नेपाल समूहका नेता योगेश भट्टराईले पनि आफ्ना समूहका नेतामाथि कारवाही हुनु भद्दा मजाक भएको टिप्पणी गरेका छन्। उनले मार्क्सवादको उर्वर भूमि नेपालमा विद्वान र इमान्दार नेतामाथि ओलीले कारवाही गरेको भट्टराईको आरोप लगाएका छन्।

'ॠषिमुनी र बुद्धको ज्ञान भूमि अनि मार्क्सवादको उर्वर भूमि नेपालमा आजकाल : विद्वान, ईमान्दार र नैतिकवनहरुमाथि कार्वाही हुन्छ। मुर्ख, भ्रस्ट र अनैतिकहरु पुरस्क्रित हुन्छन। कमरेड धनश्याम र सुरेन्द्रजी माथि त्यस्तै भद्धा मजाक गरिएको छ,' उनले भनेका छन्।

 

नेपाल समूहले ओलीको कारवाही पछि आफ्ना समूहका गतिविधिलाई थप तिब्रता दिँदै लगेको छ। सबै जिल्लामा समानान्तर कमिटी निर्माण गर्ने भन्दै नेपाल समूहका नेताहरु जिल्ला दौडाह सुरु गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell