PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

कोरोनाको असर : चैत २७ मा 'कृष्ण लीला' प्रदर्शन नहुने



कोरोनाको असर : चैत २७ मा 'कृष्ण लीला' प्रदर्शन नहुने
Photo : Krishna Leela Facebook Page

काठमाडौं : फिल्म 'कृष्ण लीला' को रिलिज स्थगित भएको छ। उक्त फिल्‍म चैत २७ गते प्रदर्शन गर्ने तयारी गरिएको थियो। हाल भने फिल्मको प्रदर्शन नै स्थगित गरिएको हो। 

फिल्मका प्रस्तुतकर्ता रोहित कट्टेलले कोभिड १९को बन्दको हल्लाले नै फिल्मको रिलिज मिति स्थगित गर्नुपरेको जानकारी दिए।

'अहिले माहोल बनिसकेको छैन। चैत २७ रिलिज हुने नेपाली फिल्महरुले पनि रिलिज मिति सारिसकेका छन्। बलिउडमा पनि त्यस्तै छ। जसकारण हामीले नि फिल्मको रिलिज डेट सारेका हौँ।' उनले बताए।

सबै कुरा सामान्य बनेर फिल्म हेर्ने माहोल बनेपछि मात्रै फिल्मको नयाँ रिलिज मिति तय गरिने समेत कट्टेलले बताए।

दीपक ओलीको निर्देशन रहेको फिल्म ‘कृष्ण लीला’मा पुष्प खड्का र श्रद्धा क्षेत्रीको मुख्य भूमिका छ।

यसअघि चैत २७ गते रिलिज हुने फिल्म 'लप्पन छप्पन २' र 'मनसँग मन' ले पनि रिलिज मिति सारिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell