PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रचण्ड- नेपाललाई प्रश्न गर्दै ओलीले भने,'संसद कामै नलाग्ने भयो, के हो प्रतिगमन भनेको? परिभाषा नै नबुझेर स्याल हुइयाँ गर्ने?'



प्रचण्ड- नेपाललाई प्रश्न गर्दै ओलीले भने,'संसद कामै नलाग्ने भयो, के हो प्रतिगमन भनेको? परिभाषा नै नबुझेर स्याल हुइयाँ गर्ने?'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनको परिभाषा नै नबुझेर प्रतिगमन बारे आफू विरुद्ध नेताहरुले गलत प्रचार गरिरहेको बताएका छन्। मेलम्चीको पानी वितरण समारोहलाई सम्बोधन गर्दै उनले सरकारको ध्यान विकास निर्माणमा भए पनि आफ्ना विरोधीले प्रतिगमन गरेको आरोप लगाएको बताएका हुन्।

उनले प्रतिगमनबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेबाट निस्कासित नेता माधवकुमार नेपालले गलत प्रचार गरेको आरोप लगाए।

'ख्याल ठट्टा हो प्रतिगमन भनेको। प्रतिगमनको परिभाषा नै नबुझेर प्रतिगमन भन्ने। के हो प्रतिगमन भनेको? प्रतिगमन भनेर स्याल ह्युइयाँ गर्ने,' ओलीले भने।

प्रधानमन्त्री बन्ने बाटो बन्द भएपछि प्रतिगमन भयो भनेर गलत प्रचार गरिएको ओलीको दाबी छ।

'व्यक्तिगत आंकाक्षा पुरा नहुँदा असन्तुष्टिका कुरा मात्रै हुन्। सरकारको ध्यान विकासमै छ,' ओलीले भने।

उनले प्रतिनिधिसभा पुनस्थापन भए पनि कामै नलाग्ने भएको टिप्पणी गरे। दलहरुको तानातानमा संसद फसेको ओलीको भनाई छ।

'संसद पुनस्थापना भो। पुनस्थापित संसद न काम अगाडी बढाउन सक्छ। संसद तानातानको थलो भएको छ। दलहरुका केही व्यक्तिहरुको तानातानको थल बन्नु हुँदैन्,' उनले भने।

ओलीले संसदले सरकारलाई काम गर्न नदिएको आरोप दोहोर्‍याए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell