PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अजय देवगनलाई बर्थडे गिफ्ट : निर्देशकले सार्वजनिक गरे ‘आरआरआर’ को फर्स्ट लुक



अजय देवगनलाई बर्थडे गिफ्ट : निर्देशकले सार्वजनिक गरे ‘आरआरआर’ को फर्स्ट लुक

एसएस राजामौलीको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘आरआरआर’ का लागि अजय देवगनको फर्स्ट लुक सार्वजनिक गरिएको छ। राजामौलीले ट्वीटरमार्फत फिल्मको मोशन पोस्टर शेयर गर्दै अजय देवगनलाई जन्मदिनको शुभकामना दिएका छन्।

भिडियोमा सल ओढेका अजय एक युद्ध मैदानमा सैनिकहरुबाट घेरिएको अवस्थामा देखिन्छन्। ब्याक ग्राउण्डमा 'लोड एम शूट' शब्द सुनिन्छ। अन्तिममा अजय सल हटाएर सार्वजनिक हुन्छन्।

अजयको फर्स्ट लुकलाई धेरैले जबरजस्त भनेका छन्। यसको तुलना बाहुबलीको ‘कटप्पाले बाहुबलीलाई किन मारे’ भन्ने सस्पेन्ससँग जोडेर हेरिएको छ।

‘आरआरआर’ अजयको पहिलो तेलुगु फिल्म हो। फिल्ममा अजयको भूमिकाबारे हालसम्म निर्देशकले केही खुलाएका छैनन्।

फिल्ममा राम चरण, जूनियर एनटीआर, आलिया भट्ट र श्रीया सरन पनि प्रमुख भूमिकामा छन्। यो फिल्मलाई बाहुबलीपछि कै बहुप्रतिक्षित मानिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell