PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

काँग्रेस केन्द्रीय समितिको अर्को बैठक चैत २७ गते बस्ने



काँग्रेस केन्द्रीय समितिको अर्को बैठक चैत २७ गते बस्ने
फाइल फोटो

काठमाडौं : नेपाली काँग्रेसको केन्द्रीय समितिको अर्को बैठक एक हप्तापछि बस्ने भएको छ। नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पछिल्लो राजनीतिक परिस्थितिबारे थप छलफल गर्न अर्को बैठक चैत २७ गते शुक्रवार बस्ने निर्णय भएको बताए।

हिजो शुक्रवार बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको शर्माले जनाए। 'अर्को केन्द्रीय समिति बैठक चैत २७ गते शुक्रवार बस्ने निर्णय भएको छ,' प्रवक्ता शर्माले भने।

हिजोको काँग्रेस केन्द्रीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने अग्रसरता लिने निर्णय गरेको थियो।

दिउँसो २ बजेका लागि बोलाइएको बैठक राति पौने ८ बजेमात्र सुरु भएको थियो। बैठक राति साढे १० बजेसम्म चलेको थियो। एजेन्डा तय गर्नका लागि पदाधिकारीबीच लामो रस्साकस्सी चल्दा बैठक ढिला भएको थियो। पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलालगायतका नेताहरुको लामो छलफलपछि प्रधानमन्त्रीबाट ओलीको राजीनामा माग्ने सहमतिमा नेताहरु पुगेका थिए।

‘प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने कांग्रेसले निर्णय गरेको छ। नयाँ सरकार गठनका लागि अग्रसरता लिन्छौँ,’ नेता प्रदीप पौडेलले बैठकपछि भनेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell