PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भारतमा थप ८९ हजार १२९ जनामा कोरोना संक्रमण, ७१४ जनाको मृत्यु



भारतमा थप ८९ हजार १२९ जनामा कोरोना संक्रमण, ७१४ जनाको मृत्यु
Photo : PTI/ INDIA TODAY

भारतमा थप ८९ हजार १२९ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। शुक्रवार ८१ हजार जनामा संक्रमण देखिएको थियो। भारतमा पछिल्लो केही सातादेखि संक्रमणको दर बढ्दै गएको छ।

यस्तै, पछिल्लो २४ घण्‍टामा ७१४ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ।

हालसम्म भारतमा कूल संक्रमितको संख्या १ करोड २३ लाख ९२ हजार २६० पुगेको छ भने १ लाख ६४ हजार ११० जनाको मृत्यु भइसकेको छ।

शनिवार बिहानसम्म भारतभर ६ लाख ५८ हजार ९०९ जना सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell