PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

'इस्टर' लाई लक्षित गर्दै कडा लकडाउन गर्दै इटाली



'इस्टर' लाई लक्षित गर्दै कडा लकडाउन गर्दै इटाली
Photo : EPA

इटालीमा कोरोना संक्रमण बढ्दै गएसँगै तीनदिन लकडाउन घोषणा गरिएको छ। इस्टरलाई मध्यनजर गर्दै इटालीले कडा लकडाउन लागू गर्ने निर्णय गरेको हो।

दैनिक करिब २० हजार केस देखिँदै कोरोनाको तेस्रो लहरसँग जुध्दै गरेकोले इटालीले सबै क्षेत्रलाई 'रेड जोन'मा राखेको छ। जस अनुसार अत्यावश्यक बाहेक अन्य सबै गतिविधिमाथि रोक लगाइएको छ। क्याफे र रेष्टुराँहरुमा टेक अवे सर्भिसमात्रै उपलब्ध हुनेछन्।

इस्टरको दिन भने मानिसहरुलाई हिँड्ने छुट दिइनेछ। तर आफ्नो क्षेत्रमा रहेका नातेदारहरु कहाँ मात्रै उनीहरु जान पाउनेछन्। धेरै टाढा यात्रा गर्न पाउनेछैनन्। घरमै दुईजना पाहुनसँग भने खाना खान छुट दिइएको छ। चर्चहरु पनि खुला नै रहनेछ तर प्रार्थना गर्न पुग्नेहरुलाई आफ्नो क्षेत्रको चर्चमामात्रै जान र टाढा यात्रा नगर्न भनिएको छ।

इटालीसहित युरोपियन राष्ट्रहरुमा पछिल्लो समय संक्रमण दर बढ्दै गएको छ। फ्रान्स लगायतका देशले लकडाउन र अन्य प्रतिबन्धात्मक व्यवस्था पूर्ण लागू गरिसकेको छ।

इटालीमा हालसम्म ३६ लाखभन्दा बढीमा संक्रमण पुष्टि हुँदा १ लाख १० हजार भन्दा बढीको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell