PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भारतमा एकैदिन ९३ हजारभन्दा बढी कोरोना संक्रमित थपिए, ५१३ जनाको मृत्यु



भारतमा एकैदिन ९३ हजारभन्दा बढी कोरोना संक्रमित थपिए, ५१३ जनाको मृत्यु
Photo : P Ravikumar / Reuters

भारतमा पछिल्लो २४ घण्टामा ९३ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको एएनआइले उल्लेख गरेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार बिहान १०: ३० सम्म थप ९३ हजार २४९ जनाका संक्रमण देखिएको हो।

यससँगै भारतमा कूल संक्रमितको संख्या १ करोड २४ लाख ८५ हजार ५०९ पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५१३ जनाको मृत्यु भएको छ। भारतमा हालसम्म संक्रमणका कारण १ लाख ६४ हजार ६२३ जनाको मृत्यु भइसकेको छ।

भारतमा पछिल्लो केही सातादेखि संक्रमणको दर बढ्दै गएको छ। जसकारण विभिन्न राज्यहरुले निश्चित क्षेत्रमा लकडाउन गर्नुका साथै केही क्षेत्रमा प्रतिबन्ध लगाएको छ।

भारतमा हाल ६ लाख ९१ हजार ५९७ सक्रिय कोरोना संक्रमित रहेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell