PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कोरोना संक्रमण : फ्रान्समा तेस्रोपटक देशव्यापी लकडाउन, राति भने कर्फ्यू



कोरोना संक्रमण : फ्रान्समा तेस्रोपटक देशव्यापी लकडाउन, राति भने कर्फ्यू
Photo : REUTERS

फ्रान्समा फेरि देशव्यापी लकडाउन गरिएको छ। कोरोना संक्रमण भएयता फ्रान्समा तेस्रोपटक देशभर लकडाउन गरिएको हो।

कोरोना संक्रमण र मृत्यु दर बढ्दै गएसँगै फ्रान्समा चार हप्ताका लागि लकडाउन गरिएको हो। यस अवधिमा विद्यालय र अत्यावश्यक बाहेक अन्य सबै सेवा र क्षेत्र बन्द हुनेछन्। यस्तै, साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लागू गरिनेछ।

पछिल्लो ५ महिनामा कोरोनाबाट गम्भीर संक्रमित हुनेको संख्यापनि बढ्दो छ। हाल करिब ५ हजारभन्दा बढी संक्रमित जना आइसियुमा रहेका छन्।

लकडाउनको समयमा यात्रा गर्नेहरुमाथि समेत कडाइ गरिने भएको छ। बसोबास क्षेत्रभन्दा १० किलोमिटरभन्दा बढी यात्रा गर्नेहरुले उचित कारण पेश गर्नुपर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell