PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भारतको छत्तीसगढमा नक्सलद्वारा प्रहरी टोलीमाथि आक्रमण, २२ जनाको मृत्यु



भारतको छत्तीसगढमा नक्सलद्वारा प्रहरी टोलीमाथि आक्रमण, २२ जनाको मृत्यु
FILE PHOTO : INDIA TV NEWS

भारतको छत्तीसगढस्थित बीजापुर क्षेत्रमा शनिवार नक्सलहरुले सुरक्षाकर्मीमाथि आक्रमण गर्दा २२ जना प्रहरीको मृत्यु भएको छ। करिब ३० जनाको संख्यामा रहेका नक्सलहरुले ७०० सुरक्षाकर्मीहरुलाई घेरेर आक्रमण गरेका थिए। करिब ३ घण्टासम्म प्रहरी र नक्सलहरुबिच मुठभेड भएको थियो। नक्सल लडाकूहरुले प्रहरीलाई तीनतर्फबाट घेरेर अचानक आक्रमण गरेको बताइएको छ। केन्द्रीय र छत्तीसगढ प्रहरीका २१ जवानहरु अझै बेपत्ता छन्।

दुई हप्ताअघि उक्त क्षेत्रमा नक्सलहरुको उपस्थितिको सूचना पाएपछि संयुक्त रुपमा प्रहरीले खोजी अपरेशन चलाएको थियो।

उक्त आक्रमणमा थप सुरक्षाकर्मीको मृत्यु भएको हुन सक्ने बताइएको छ। घटनास्थलमा अझै मृत प्रहरीको शरीर रहेको भिडियो सार्वजनिक भएको छ।

घटना घटेको २४ घण्टासम्म घटनास्थलमा अझै 'रेस्क्यू टिम' पुगेको छैन।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell