PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भारतमा दैनिक संक्रमित संख्या लाख नजिक, कोभिड १९ बाट एकैदिन ४४६ जनाको मृत्यु



भारतमा दैनिक संक्रमित संख्या लाख नजिक, कोभिड १९ बाट एकैदिन ४४६ जनाको मृत्यु
PHOTO : Reuters

भारतमा कोभिड १९ संक्रमण निरन्तर उकालो लागिरहेको छ। दैनिक लाख नजिक संक्रमित संख्या पुगेको छ। पछिल्लो २४ घण्टामा ९६ हजार ९८२ जनामा संक्रमण देखिएको छ।

बीबीसी हिन्दीका अनुसार कुल संक्रमित संख्या १ करोड २६ लाख ८६ हजार ४९ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट ४४६ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसका साथै मर्नेको संख्या १ लाख ६५ हजार ५४७ पुगेको छ।

भारतमा सक्रिय संक्रमितको संख्या ७ लाख ८८ हजार २२३ छ भने संक्रमणमुक्त हुनेको संख्या एक करोड १७ लाख ३२ हजार २७९ छ।

भारतमा हालसम्म ८ करोड ३१ लाख १० हजार ९२६ जनाले कोरोना खोप लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell