PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

भारतमा थप एक लाखभन्दा बढीमा कोरोना संक्रमण, ६३० जनाको मृत्यु



भारतमा थप एक लाखभन्दा बढीमा कोरोना संक्रमण, ६३० जनाको मृत्यु
Photo : Dok/ VOA

भारतमा पछिल्लो २४ घण्टामा एक लाखभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ। एएनआइले उल्लेख गरे अनुसार एकैदिन १ लाख १५ हजार ७३६ जनामा संक्रमण पुष्टि भएको हो। यससँगै भारतमा कूल संक्रमितको संख्या १ करोड २८ लाख १ हजार ७८५ पुगेको छ।

यस्तै, संक्रमणका कारण थप  ६३० जनाको मृत्यु भएको छ। भारतमा हालसम्म कोभिड १९ संक्रमणका कारण १ लाख ६६ हजार १७७ जनाको मृत्यु भइसकेको छ।

करिब एक महिनायता भारतमा संक्रमणको गति बढ्दै गइरहेको छ। त्यसैले विभिन्न राज्यहरुले लकडाउन, कर्फ्यू लगायतका प्रतिबन्धहरु लगाउन सुरु गरिरहेका छन्। बुधवार बिहानसम्म भारतमा ८ लाख ४३ हजार ४७३ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

भारतमा संक्रमणको दर बढ्दै जाँदा भ्याक्सिन लगाउने कार्य पनि बढेको छ। भारतमा ८ करोड ७० लाख ७७ हजार ४७४ जनाले भ्याक्सिन लगाइसकेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell