PahiloPost

Apr 12, 2021 | ३० चैत्र २०७७

सबल र समृद्ध नेपाल निर्माणका लागि विकल्प भनेकै राप्रपा : कमल थापा



सबल र समृद्ध नेपाल निर्माणका लागि विकल्प भनेकै राप्रपा : कमल थापा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले भ्रष्टाचार, धर्म परिवर्तन र सर्वसत्तावादलाई सधैँका लागि अन्त्य गर्न मुलुकमा राष्ट्रवादी शक्ति दलगत स्वार्थ त्यागेर अब एकढिक्का हुनुपर्नेमा जोड दिएका छन्।

राप्रपा मकवानपुरद्वारा हेटौँडामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रवादी शक्तिको एकता हुनुपर्ने बताएका हुन्। थापाले राष्ट्रियता, प्रजातन्त्र र सनातन धर्म संस्कृतिको संरक्षण संवर्द्धन गर्दै सबल र समृद्ध नेपाल निर्माणका निम्ति अबको विकल्प भनेकै राप्रपा भएको दाबी समेत गरे।

उनले गणतन्त्र, धर्म निरपेक्षता र सङ्घीयताले मुलुकको राष्ट्रिय हित नहुने समेत बताए। प्रमुख दलले सत्ता र शक्तिको निमित्त मात्रै प्रतिस्पर्धा गर्ने होडबाजीले देशमा राजनीतिक दुर्घटना निम्तिने खतरा बढेको उनको भनाइ थियो।

प्रशिक्षण कार्यक्रममा नवनिर्वाचित वडा तहदेखि जिल्ला कार्यसमितिका पदाधिकारीको सहभागिता रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell