PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भारतमा कोभिड १९ : थप १ लाख ३१ हजारमा संक्रमण पुष्टि, ७४० जनाको मृत्यु



भारतमा कोभिड १९ : थप १ लाख ३१ हजारमा संक्रमण पुष्टि, ७४० जनाको मृत्यु
File Photo : ANI

भारतमा पछिल्लो २४ घण्टामा १ लाख ३१ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। एएनआइका अनुसार थप १ लाख ३१ हजार ९६८ जनामा संक्रमण देखिएको हो। तेस्रो दिन लगातार भारतमा १ लाख भन्दा बढीमा संक्रमण देखिएको हो। यो हप्ता चौथौपटक एकैदिन १ लाखभन्दा बढीमा संक्रमण देखिएको हो। यससँगै भारतमा कूल संक्रमितको संख्या १ करोड ३० लाख ६० हजार ५४२ पुगेको छ।

यस्तै, शुक्रवार बिहानसम्म थप ७४० जनाको संक्रमणका कारण मृत्यु भएको छ। भारतमा हालसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ६७ हजार ६४२ पुगेको छ।

हाल भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ९ लाख ७९ हजार ६०८ पुगेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell