PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भारतमा कोभिड १९ : थप १ लाख ५२ हजार भन्दा बढीमा संक्रमण पुष्टि, ८३९ जनाको मृत्यु



भारतमा कोभिड १९ : थप १ लाख ५२ हजार भन्दा बढीमा संक्रमण पुष्टि, ८३९ जनाको मृत्यु
Photo : India Today

भारतमा पछिल्लो २४ घण्टामा थप १ लाख ५२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। एएनआइका अनुसार आइतबार बिहानसम्म १ लाख ५२ हजार ८७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।  लगातार पाचौं दिन भारतमा दैनिक १ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको हो।

यससँगै भारतमा कूल संक्रमितको संख्या १ करोड ३३ लाख ५८ हजार ८०५ पुगेको छ।

संक्रमितसँगै मृतकपनि बढ्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ८३९ जनाको मृत्यु भएको छ। भारतमा हालसम्म १ लाख ६९ हजार २७५ जनाको मृत्यु भइसकेको छ।

संक्रमण बढेसँगै भारतका विभिन्न शहरमा लकडाउन लागू गरिएको छ। कतिपय शहरमा रात्रीकालिन कर्फ्यू लगाइएको छ। अहिले भारतमा ११ लाख ८ हजार ८७ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

संक्रमित सँगै संक्रमण मुक्त हुनेको संख्यापनि बढ्दो छ। आइतबार बिहानसम्म ९० हजार ५८४ जना संक्रमण मुक्त भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell