PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

जसपा पदाधिकारी बैठक : सत्ता समीकरणको विषयमा प्रवेश, अझै ३/४ दिन छलफल चल्ने



जसपा पदाधिकारी बैठक : सत्ता समीकरणको विषयमा प्रवेश, अझै ३/४ दिन छलफल चल्ने

काठमाडौं: प्रधानमन्त्रीविरुद्ध उभिन दबाब बढेपछि जनता समाजवादी पार्टीले आन्तरिक छलफल थालेको छ।

आइतबार काठमाडौंमा उपलब्ध जसपा पदाधिकरीले बिहिबार भएको ३ दल बीचको बार्ताबारे छलफल गरेका हुन्। प्रधानमन्त्री केपी ओली बिरुद्ध उभिन नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रले दबाब बढाएपछि जसपाले छलफल थालेको छ। वर्तमान सरकारलाई हेर्ने दृष्टिकोणमा जसपाभित्र स्पष्ट दुई मत रहेको छ।

बैठक पछि संचारकर्मीहरु संग कुरा गर्दै अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार बिरुद्ध उभिनुको विकल्प नरहेको भन्दै छलफल ३/४ दिन अझै चल्ने बताए।

जसपाभित्र अध्यक्ष महन्थ ठाकुर राजेन्द्र महतो लगायतका नेता प्रधानमन्त्रीसँग सत्ता साझेदारीको बिषयमा सघन वार्तामा छन् भने उपेन्द्र यादव, बाबुराम भट्टराई लगायतका नेताहरु सरकार बिरुद्ध मोर्चाबन्दी गर्ने पक्षमा उभिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell