PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

चुडाल र सुवेदी सर्वोच्च अदालतको न्यायाधीश नियुक्त



चुडाल र सुवेदी सर्वोच्च अदालतको न्यायाधीश नियुक्त

काठमाडौं: उच्च अदालतका मुख्य न्यायाधीशद्वय डा कुमार चुडाल र नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन्। न्याय परिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमवार चुडाल र सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेकी छन्।

परिषद्ले फागुन २८ गते चुडाल र सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो।

शुक्रवार संसदीय सुनुवाइ समितिले दुबैलाई सर्वसम्मत अनुमोदन गरेसँगै राष्ट्रपति भण्डारीले संविधानको धारा १२९ को उपधारा (२) बमोजिम नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिएका छन्।

चुडाल उच्च अदालत पाटनमा कार्यरत थिए भने सुवेदी सुर्खेतमा मुख्य न्यायाधीश थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell