PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

ओलीले हठात संसद अधिवेशन अन्त्य गरे, कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्छ : नेता सिंह



ओलीले हठात संसद अधिवेशन अन्त्य गरे, कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्छ : नेता सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संसदको मानमर्दन गरेको आरोप लगाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको हिउँदे अधिवेशन हठात अन्त्य गरेको बताउँदै सिंहले संसदबाट ओली भागेको आरोप लगाए।

'संसद फेस गर्न नसकेर संसद माथि प्रहार गरेको प्रति कडा आपति ब्यक्त गर्न चाहन्छु,' सिंहले भने।

नेता सिंहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रेस स्वतन्त्रता माथि अङ्कुश लगाउने प्रयास समेत जारी राखेको आरोप लगाए।

नेपाल प्रेस युनियन काठमाडौ शाखाले सोमबार काठमाडौंमा आयोजन गरेको कार्यक्रममा बोल्दै उनले ओलीको विकल्प खोज्नुपर्ने बताएका छन्।

नेता सिंहले अब देशलाई निकास दिलाउन नेपाली काग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने बताएका छन्। ‘संबिधान मिच्न अनि सरकारमा बसिरहने यो सरकारसँग नैतिकता अलिकति पनि छैन। नैतिकता गुमाएका व्यक्तिलाई प्रधानमन्त्री मानिरहन सकिन्न,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell