PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

धरहरा चढ्दा आइफल टावर चढेको झल्को आयो : प्रधानमन्त्री ओली, 'माथि वेगका साथ हावा चलेको छ'



धरहरा चढ्दा आइफल टावर चढेको झल्को आयो : प्रधानमन्त्री ओली, 'माथि वेगका साथ हावा चलेको छ'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा चढ्दा आइफल टावर चढेको झल्को आएको बताएका छन्। नवनिर्मित धरहरा उद्घाटनका क्रममा २० औं तल्ला पुगेर राजधानी अवलोकनको क्रममा उक्त झल्को आएको ओलीले बताएका हुन्।

प्रधानमन्त्री ओलीले २० औं तल्लामा वेगका साथ हावा चलेकोसमेत बताए। 'माथि धेरै बेगका साथ हावा चलेको छ। मैले चारैतिर हेरें,' ओलीले भने, 'आइफल टावर चलेको झल्को आयो। त्यहाँ पनि हावा चल्छ।'

प्रधानमन्त्री ओलीले देशमा विकास भएको धरहराबाट हेर्न सकिने बताए। भने, 'विकास भएको छ। रंगशाला बनेको छ। रानीपोखरी बनेको छ। दरबार हाइस्कुल बनेको छ। सेनाको प्रधानकार्यालय बनेको छ।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell