PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

३३ वर्ष अघिदेखि फरार अभियुक्त पक्राउ



३३ वर्ष अघिदेखि फरार अभियुक्त पक्राउ

वीरगंज : बारा प्रहरीले ३३ वर्षदेखि फरार एक जना अभियुक्तलाई पक्राउ गरेको छ। वैशाख १२ गतेको दिन प्रसौनी गाउँपालिका वडा नं ५ का जग साह तेलीलाई गाउँमै लुकीछिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाराको टोलीले पक्राउ गरी बारा अदालतमा पेश गरेको हो।

२०४५ पुस ४ गतेको दिन कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले गरेको फैसला आदेशमा उनलाई ९ महिनाको कैद सजाय सुनाइएको थियो। त्यसपछि उनी फरार रहँदै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell