PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

तीव्र गतिमा फैलिँदै कोभिड-१९ संक्रमण : ४ हजार ३६४ लाई संक्रमण पुष्टि, १८ जनाको मृत्यु



तीव्र गतिमा फैलिँदै कोभिड-१९ संक्रमण : ४ हजार ३६४ लाई संक्रमण पुष्टि, १८ जनाको मृत्यु

काठमाडौं : कोभिड-१९ संक्रमणका कारण पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ।  हालसम्म नेपालमा संक्रमणका कारण निधन हुनेको संख्या ३ हजार १ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, नेपालमा पछिल्लो समय कोभिड-१९ संक्रमण तीव्र रुपमा बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ। १४ हजार ६ सय ७२ जनामा गरिएको पीसीआर परीक्षणमा ४३६४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो संख्या संक्रमण निको हुने भन्दा धेरै हो। मंगलवार संक्रमण निको हुनेको संख्या ५ सय ५५ मात्रै छ। हालसम्म नेपालमा ३ लाख ७ हजार ९ सय २५ जनालाई संक्रमण देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell