PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

निषेधाज्ञामा कसरी गर्ने राजनीतिक गतिविधि? नेपाल-खनाल समूहले थाल्यो छलफल



निषेधाज्ञामा कसरी गर्ने राजनीतिक गतिविधि? नेपाल-खनाल समूहले थाल्यो छलफल
फाइल फोटो

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका नेताहरु छलफलमा जुटेका छन्। नेपाल-खनाल समूहका स्थायी कमिटीका काठमाडौंमा उपलब्ध नेताहरु कलंकीस्थिति मेघा पार्टी प्यालेसमा जम्मा भएका हुन्।

विहीवारदेखि काठमाडौंमा निषेधाज्ञा जारी भएकाले त्यो बेलामा कसरी छलफल तथा आफ्ना समूहका गतिविधि गर्ने भन्नेबारेमा छलफलमा जुटेको नेपाल निकट स्रोतले जनाएको छ। 'निषेधाज्ञाका बेला कसरी काम गर्ने भन्नेबारेमा छलफल गर्नका लागि नेताहरु बस्नु भएको छ,' स्रोतले भन्यो।

नेपाल समूहका नेताहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका निर्णयलाई चुनौती दिँदै समानान्तर कमिटी गठन गरेका छन्। केही दिनअघि प्रधानमन्त्री ओली र नेपालबिच राजधानीको होटल मेरियटमा लगातार दुई दिन वार्ता भए पनि निष्कर्ष भने निस्कन सकेन।

ओलीले नेपाल समूहका ४ जना नेतालाई पार्टीमा ६ महिना निलम्बन गरेका छन् भने कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने ५ जना सांसदलाई पदबाटै हटाएका छन्। संघीय संसदका २७ जना सांसदलाई ओलीले स्पष्टीकरण सोधेकोमा अधिकांश नेताहरुले जवाफ बुझाएका थिए।

ओली समूहले उक्त जवाफ चित्त बुझ्दो नभएको र कारवाहीयोग्य भएको बताउँदै आएको छ। कारवाहीको अधिकार भने एमालेको नवगठित स्थायी कमिटीलाई दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell