PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कोभिड १९ : थप ५७२७ जनामा संक्रमण, ३३ जनाको मृत्यु



कोभिड १९ :  थप ५७२७ जनामा संक्रमण, ३३ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ५ हजार ६५७ जनामा कोभिड १९ संक्रमण देखिएको छ। १५ हजार ३९१ जनाको पीसीआर परीक्षण गर्दा ५६५७ जनामा र ५२५ जनामा एन्टीजेन परीक्षण गर्दा ७० जनामा संक्रमण देखिएको हो।

यससँगै देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ।

यस्तै, एकैदिन थप ३३ जनाको संक्रमणका कारण मृत्यु भएको छ।

हालसम्म ३ लाख २३ हजार १८७ जनामा कोरोना संक्रमण देखिँदा ३ हजार २७९ जनाको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell