PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

अफगानिस्तानमा विद्यालय बाहिर विस्फोट, ३० जनाको मृत्यु



अफगानिस्तानमा विद्यालय बाहिर विस्फोट, ३० जनाको मृत्यु
Photo : EPA

अफगानिस्तानको राजधानी काबुलमा विद्यालय नजिकै विस्फोट हुँदा ३० जनाको मृत्यु भएको छ। शनिबार माध्यामिक विद्यालयबाट विद्यार्थीहरु निस्किरहेको बेला विस्फोट भएको बीबीसीले उल्लेख गरेको छ। उक्त घटनामा धेरैजना घाइते समेत भएका छन्। हाल घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ।

विस्फोटबाट भएको क्षतिमा छात्राहरु धेरै प्रभावित भएको बताइएको छ। सुन्नी लडाकूको संलग्नतामा यो आक्रमण भएको हुन सक्ने प्रहरीले जनाएको छ। उक्त आक्रमणको जिम्मेवारी हालसम्म कसैले लिएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell