PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

गण्डकीमा थप १४ जनाको मृत्यु, ७७० जनामा संक्रमण पुष्टि



गण्डकीमा थप १४ जनाको मृत्यु, ७७० जनामा संक्रमण पुष्टि
स्रोत : स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश

काठमाडौं : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप १४ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। योसँगै प्रदेशमा मृत्यु हुने संक्रमितको संख्या ३५५ पुगेको छ।

स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ६ जना कास्की जिल्लाका, तीन जना पर्वत जिल्लाका र २ जना स्याङ्जा जिल्लाका संक्रमित रहेका छन्। त्यस्तै म्याग्दी, तनहुँ र गोरखाका १/१ जना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा ६ जना कास्की जिल्लाको पोखरा महानगरपालिकाका छन्। पोखरा-२ की ३९ बर्षीया संक्रमित महिलाको शुक्रवार राती गते मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको हो। उनमा १६ गते कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो।

त्यस्तै पोखरा महानगरपालिका १४ का ५२ बर्षीय संक्रमित पुरूषको आज शनिवार मिति मणिपाल शिक्षण अस्पतालमा नै मृत्यु भएको छ। उनमा बिहीवार मात्र संक्रमण पुष्टि भएको थियो।

पोखरा महानगरपालिका १४ कै ४९ बर्षीय पुरूषको शुक्रवार गण्डकी मेडिकल कलेजमा पोखरामा उपचारको क्रममा मृत्यु भएको छ। सोही स्थानका ४५ बर्षीय पुरूषको पनि शुक्रवार नै गण्डकी मेडिकल कलेजमा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

त्यस्तै पोखरा महानगरपालिका ८ का ४२ बर्षीय कोभिड-१९ संक्रमित पुरूषको आज विहान संक्रामक तथा सरूवा रोग अस्पतालमा मृत्यु भएको छ। उनमा २१ गत संक्रमण पुष्टि भएको थियो।

यता पोखरा ३० मा एक जना संक्रमितको होम आइसोलेसनमा नै मृत्यु भएको छ। २६ गते संक्रमण पुष्टि भइ होम आइसोलेसनमा बसेका ५३ बर्षीय कोभिड-१९ संक्रमित पुरुषको शुक्रवार राती मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

त्यस्तै पर्वत जिल्ला, जलजला गाउँपालिका ४ का ५५ वर्षीय पुरुषको पनि कोभिड-१९ संक्रमणबाट मृत्यु भएको छ। वैशाख ३० गते संक्रमण पुष्टि भएका उनको उपचारका क्रममा शुक्रवार राती पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। पर्वतकै फलेबास गाउँपालिका ५ की ३२ बर्षीया संक्रमित महिलाको आज शनिवार मृत्यु भएको छ। वैशाख ३० गते नै संक्रमण पुष्टि भइ गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

 

त्यस्तै कुश्मा नगरपालिका १२ की ५२ बर्षीया महिलाको पनि संक्रमणबाट शुक्रवार नै मृत्यु भएको छ। शुक्रवार नै संक्रमण पुष्टि भएकी उनको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार हुँदै थियो।

गोरखा जिल्लाको, शहिद लखन गाउँपालिका ४ का ४२ बर्षीय संक्रमित पुरूषको शुक्रवार राती उपचारका क्रममा गोरखा अस्पतालमा मृत्यु भएको निर्देशनालयले जनाएको छ। उनमा शुक्रवार नै संक्रमण पुष्टि भएको थियो।

यता, म्याग्दी जिल्ला, बेनी नगरपालिका ५ की ४५ बर्षीया महिलाको पनि शुक्रवार नै मृत्यु भएको छ। वैशाख २५ गते संक्रमण पुष्टि भई पोखरा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचार भइरहेको थियो।

तनहुँ जिल्लाको भिमाद नगरपालिका ५ की २२ बर्षीया महिलाको पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ। २८ गते संक्रमित महिलाको उपचारका क्रममा आज शनिवार मृत्यु भएको हो।

स्याङजा जिल्लाको अर्जुनचौपारी गाउँपालिका १ का ७० बर्षीय संक्रमित पुरूषको पनि शुक्रवार गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा निधन भएको छ। उनमा शुक्रवार नै संक्रमण पुष्टि भएको थियो। स्याङजाकै वालिङ नगरपालिका –६ का ७८ बर्षीय पुरुषको पनि संक्रमणबाट शुक्रवार मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। उनमा वैशाख २६ गते संक्रमण पुष्टि भई गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको थियो।

७७० जनामा संक्रमण पुष्टि

यसैबीच प्रदेशमा पछिल्लो २४ घण्टामा थप ७७० जना कोभिड-१९ संक्रमित पहिचान भएका छन्। प्रदेश जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा ३७६, मध्यविन्दु अस्पताल नवलपरासी पूर्वमा ९७, स्वास्थ्य कार्यालय नवलपरासी पूर्वमा ४९, धौलागिरी अस्पताल बाग्लुङमा २११ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा २५ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै स्वास्थ्य कार्यालय म्याग्दीमा भएको एन्टिजेन परीक्षणमा १२ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि हुनेमा म्याग्दी जिल्लाका सबैभन्दा बढी २३० जना रहेका छन्। त्यस्तै कास्की जिल्लाका १६८, नवलपरासी पूर्वका १४७ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै बाग्लुङ जिल्लामा ७९, तनहुँमा ५८ गोरखामा ४९, स्याङ्जामा २१ र पर्वतमा १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell