PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

गाजामा अलजजिरा र एपीको कार्यालय रहेको भवन इजरायली 'एयर स्ट्राइक'मा ध्वस्त



गाजामा अलजजिरा र एपीको कार्यालय रहेको भवन इजरायली 'एयर स्ट्राइक'मा ध्वस्त
FILE PHOTO: Ashraf Amra - Anadolu Agency

गाजामा रहेको अलजजिराको कार्यालय रहेको भवन इजरायली हवाई आक्रमणमा ध्वस्त भएको छ। केहीदिनयता इजरायलले गाजामा 'एयर स्ट्राइक' गर्दै आइरहेको छ। जसमा धेरै भवनहरु भत्किएका छन्।

इजरायलले हमास समूहलाई लक्षित गरेर आक्रमण गरेको बताएपनि मिडियाहरु रहेको घरहरुमा समेत आक्रमण भइरहेको छ।

आज अलजजजिरा रहेको भवनमा आक्रमण गर्नुपूर्ज इजरायलले एक घण्टा अघि पूर्व सूचना दिएका त्यहाँ रहेकालाई बाहिरिन चेतावनी दिएको थियो। उक्त भवनमा धेरैजनाको आवासका साथैएसोसिएटेड प्रेस (एपी)को कार्यालय समेत रहेको थियो।

इजरायली आक्रमणमा गाजामा १४० भन्दा बढीको मृत्यु भइसकेको छ भने सयौं घाइते भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell