PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रधानमन्त्रीले सभामुखको पद र अदालत मात्रै 'क्याप्चर' गर्न बाँकी छ : रमण श्रेष्ठ



प्रधानमन्त्रीले सभामुखको पद र अदालत मात्रै 'क्याप्चर' गर्न बाँकी छ : रमण श्रेष्ठ

काठमाडौं: पूर्व महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले सभामुख अग्निप्रसाद सापकोटालाई आफ्नो भुमिका बढाउन आग्रह गरेका छन्।

प्रतिनिधिसभा विघटनपछि संसद भवनमा संविधानविद् र अधिवक्ताहरुसँग आयोजित छलफलमा श्रेष्ठले प्राविधिक रुपमा मात्रै प्रतिनिधिसभा विघटन भएको तर्क गर्दै सभामुखलाई अहिलेको भन्दा बढी सक्रिय बन्न सुझाव दिएका हुन्।

'प्रतिनिधिसभा विघटन भएको छ की छैन् ? प्राविधिक रुपमा त प्रतिनिधिसभा विघटन भएको छ। प्रधानमन्त्रीले सबैको अधिकार प्रयोग गर्नुभएको छ। न्यायापालिकाको अधिकार प्रयोग गर्न मात्रै बांकी छ,' उनले भने।

प्रधानमन्त्रीले कानुन पनि आफै बनाएर चलाउन खोजेको श्रेष्ठले आरोप थियो। उनले सभामुख सापकोटाको क्रियाशिलता कम भएको भन्दै पत्रकार र नागरिक समाजसँग पनि छलफल गर्न सभामुखलाई सुझाव दिए।

'जति सक्रिय हुनुभएको छ त्यो कम छ। कम्तिमा संसद जीवित छ भन्ने सार सभामुखले दिइरहनुपर्छ। सभामुखले पत्रकार र नागरिक समाज राजनीतिक दलका नेताहरुसँग पनि छलफल गर्नुपर्छ,' श्रेष्ठले भने।

अदालतले सबैकुरा गर्छ भनेर बस्दा अप्ठेरो स्थिति आउन सक्ने चेतावनी श्रेष्ठले दिए। उनले प्रधानमन्त्री ओलीले दिनहुँ राजदुतावासमा गएर छलफल गरेको आरोप समेत लगाए। मुलुक फिजिकरण तिर गएको भन्दै श्रेष्ठले ओली राज्यका सबै निकाय नियन्त्रणमा राख्न प्रयासरत् रहेको दाबी गरे।

'सबै निकायलाई क्याप्चर गर्नुभएको छ। सभामुख र अदालत मात्रै क्याप्चर गर्न बाँकी छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell