PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

श्वासप्रश्वासमा समस्या भएपछि 'दिलिप साहब' अस्पताल भर्ना



श्वासप्रश्वासमा समस्या भएपछि 'दिलिप साहब' अस्पताल भर्ना
Photo : TOI

भारतीय अभिनेता दिलिप कुमार अस्पताल भर्ना भएका छन्। बलिउडमा 'दिलिप साहब' नामले चिनिन ९८ वर्षिय कुमारलाई सास फेर्न गाह्रो भएपछि मुम्बईको हिन्दुजा अस्पताल भर्ना गरिएको हो।

उनलाई पछिल्लो केही दिनदेखि सास फेर्न गाह्रो भइरहेको थियो। तर आइतबार स्वास्थ्य अवस्थामा थप जटिलता आएपछि उनलाई अस्पताल भर्ना गरिएको छ। उनलाई हिन्दुजा अस्पतालको नन-कोविड वार्डमा भर्ना गरिएको छ।

दिलिप कुमारलाई आज बिहान साढे आठ बजे अस्पताल भर्ना गरिएको दिलिपकी श्रीमती सायरा बानोले एबीपी न्युजसँग जानकारी दिएकी छिन्।

केहि समयअघि पनि स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल भर्ना भएका थिए। अस्पतालले डिस्चार्ज गरेपछि उनी घरमै उपचार गराइरहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell