PahiloPost

Jun 24, 2021 | १० असार २०७८

काठमाडौँ महानगरभित्र दुई दिनमा १८ हजारभन्दा बढीले लगाए भेरोसेल खोप



काठमाडौँ महानगरभित्र दुई दिनमा १८ हजारभन्दा बढीले लगाए भेरोसेल खोप

काठमाडौँ : काठमाडौँ महानगरपालिका भित्रका ३२ स्थानमा ६० देखि ६४ बर्ष उमेरसमूहका नागरिकलाई कोरोना भाइरसविरुद्ध भेरोसेल खोप प्रदान गरिँदै आएको छ। खोप अभियान कार्यक्रममा दुई दिनमा १८ हजार भन्दा बढीले खोप लगाएका छन्। 

खोप अभियानको पहिलो दिन ८ हजार ७४७  सहभागी भएका थिए भने दोस्रो दिन ९ हजार ३६६ जना सहभागी भएको काठमाडौँ महानगरपालिका शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका प्रमुख हरि कुँवरले जानकारी दिए।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ लगायतका जनप्रतिनिधिहरु अभियानलाई थप प्रभावकारी बनाउन खोप अभियानबाट नछुटुन भनेर टोलटोल र घरदैलोमै पुगेर अभियानबारे जानकारी समेत गराउँदैछन्।

काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले कोभिड १९ विरुद्धको चिनियाँ खोपको पहिलो मात्रा निसङ्कोच भएर लगाउन आग्रह गर्दै भने, ‘सबै त्रासबाट मुक्त गराएर निसङ्कोच खोप अभियानमा सहभागी हुन आग्रह गर्छु। खोप लगाइ सकेका नागरिक र हामी सबैले छुटेका सबै नागरिकलाई खोप अभियानमा सहभागी गराउन एकजुट भएर लाग्नुपर्छ।’

‍पाँच दिनमा १ लाख बढीलाई खोप कार्यक्रममा सहभागी बनाउने लक्ष्य महानगरले लिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell