PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

महामारी सुरु भएपछि पहिलोपटक एकसाथ जुट्दै 'जी सेभन' राष्ट्रका प्रमुखहरु



महामारी सुरु भएपछि पहिलोपटक एकसाथ जुट्दै 'जी सेभन' राष्ट्रका प्रमुखहरु
सबै तस्विर : Getty Images / BBC

विश्वमा कोरोना भाइरस संक्रमण देखिएपछि पहिलोपटक शक्तिशाली राष्ट्रहरुका राष्ट्र र सरकार प्रमुखहरु भौतिक रुपमा एकैस्थानमा भेला भएका छन्। कोरोनासँग जुध्दै गरेको बेलायतमा 'जी सेभेन' सदस्य राष्ट्रका प्रमुखहरु पुगेका छन्।

बेलायतसहित क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, अमेरिका र युरोपियन युनियनका प्रमुखहरु बेलायतको कनवेलमा पुगेका छन्। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले भारत, दक्षिण कोरिया र अस्ट्रेलियालाई समेत सहभागी हुन आग्रह गरेका थिए। अस्ट्रेलियन र भारतले सम्मेलनमा सहभागी हुने बताइसकेको छ। जोनसनले 'जी सेभन' को दायरा बढाउने लक्ष्य लिएको बताइएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेन, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, जापानी प्रधानमन्त्री योशिहिडे सुगा, फ्रान्सेली राष्ट्रपति इमान्युल माक्रोन, यरोपियन काउन्सिलका अध्यक्ष चार्ल्स माइकल, इटालीका प्रधानमन्त्री मारियो ड्रागी र जर्मन चान्सलर एन्जेला मार्केल बिच महामारी देखिएपछि पहिलोपटक एकसाथ सँगै देखिँदैछन्।

बैठकमा कोभिड १९ महामारी बारे यी राष्ट्रबिच छलफल हुने बताइएको छ। विशेषगरी भ्याक्सिन र आपसी सहयोगको विषय प्राथमिकतामा पर्ने बताइएको छ। साथै, आर्थिक र क्षेत्रिय सुरक्षाका बारेमा पनि छलफल हुनेछ।

बैठकलाई मध्यनजर गर्दै कनवेल र आसपासका क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ। यस्तै, कोरोना संक्रमण कम नभएकाले स्वास्थ्य मापदण्डलाई पालना गरिने बताइएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell