PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

भारतमा सक्रिय संक्रमितको संख्या १० लाख ८० हजार, किन बढ्दैछ मृतकको संख्या ?



भारतमा सक्रिय संक्रमितको संख्या १० लाख ८० हजार, किन बढ्दैछ मृतकको संख्या ?
Photo : Rajanisj kakade / AP

काठमाडौं : भारतमा पछिल्लो २४ घण्टामा ८४ हजार ३३२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। दैनिक संक्रमित पुष्टि हुनेमा यो संख्या ७० दिन पछिकै कम हो। दैनिक लाखौं संख्यामा संक्रमित भेटिएको भारतमा हाल संक्रमणको दर घट्दै गएको छ।

यस्तै, संक्रमणका कारण थप ४ हजार २ जनाको मृत्यु भएको छ। भारतमा हालसम्म ३ लाख ६७ हजार ८१ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ। विभिन्न राज्यहरुले मृतकको संख्या 'अपडेट' गरेका कारण हाल भारतमा मृतकको संख्या फेरि बढेको बताइएको छ। केही दिन अघि ६ हजारभन्दा बढी मृतकको संख्या सार्वजनिक हुुँदा बिहारले आफ्नो राज्यमा मृतकको संख्या 'अपडेट' गर्नु मुख्य कारण रहेको स्थानीय संचारमाध्मले जनाएका थिए। हाल भारतमा संक्रमितको मृत्यु दर घटेपनि पछिल्लो दिनहरुमा मृत्यु हुनेको संख्या समेत जोडिने गरिएकोले तथ्याकं बढेको बताइएको छ। 

पछिल्लो २४ घण्टामा १ लाख २१ हजार ३११ जना संक्रमण मुक्त भएका छन्। यससँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १० लाख ८० हजार ६९० पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell