PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ओली र माधव समूह मिल्दा वाग्मतीमा नीति तथा कार्यक्रम बहुमतले पारित



ओली र माधव समूह मिल्दा वाग्मतीमा नीति तथा कार्यक्रम बहुमतले पारित

हेटौंडा : वाग्मती प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।

डोरमणि पौडेल नेतृत्वको सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई माधवकुमार नेपाल पक्षका सांसदहरुले समेत समर्थन जनाएपछि बहुमतले पारित भएको थियो। नीति तथा कार्यक्रम पारित गराउन आज बसेको संसदीय दलको बैठकमा मुख्यमन्त्री पौडेल र माधव समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले सांसदहरुलाई निर्देशन दिएका थिए।

केन्द्रमा विभाजित एमाले नीति तथा कार्यक्रम पारित गराउन एक ढिक्का भएपनि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, नेपाल मजदुर किसान पार्टीले भने नीति तथा कार्यक्रमको समर्थन गरेनन्।

नीति तथा कार्यक्रममाथि राप्रपाका दुई सांसद तटस्थ बसेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell