काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३८४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। ८ हजार ५०६ जनाको पीसीर र ५ हजार ९८८ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार दुईजनामा संक्रमण देखिएको हो।
यस्तै, संक्रमणका कारण थप ६१ जनाको मृत्यु हुँदा कूल मृतकको संख्या ८ हजार ३६६ पुगेको छ।
संक्रमणका कारण निको हुने दर ८३.६६ प्रतिशत रहेको छ। शनिवार दिउँसोसम्म देशभर ६ हजार २९५ संक्रमित संक्रमण मुक्त भएका छन्।