PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

सुशान्तलाई सम्झिदै अकिंताले लेखिन् : फेरि भेटौंला



सुशान्तलाई सम्झिदै अकिंताले लेखिन् : फेरि भेटौंला

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु भएको आज एक वर्ष पुरा भएको छ। १४ जुन सन् २०२० मा उनी मुम्बईस्थित आफ्नै फ्ल्याटमा झुण्डिएको अवस्थामा फेला परेका थिए। एक वर्ष बितिसक्दा पनि उनको आत्महत्याको कारण खुल्न सकेको छैन।

यसबिच सुशान्तको मृत्यु भएको एक वर्ष पुरा भएको दिन अंकिता लोखन्डेले सुशान्तलाई सम्झिएकी छिन्।

अंकिताले सुशान्तसँग सम्बन्धमा रहेका बेला खिचेका फोटो र सम्झनालाई एक भिडियो बनाएर इन्स्टाग्राममा पोष्ट गरेकी छिन्। उनले भिडियो पोष्ट गर्दै लेखेकी छिन् ‘१४ जून। यो हाम्रो यात्रा थियो, फेरि भेटौंला।’

सुशान्त र अंकिता टेलिश्रिखंला 'पवित्र रिश्ता' को सुटिङका क्रममा प्रेम सम्बन्धमा बाँधिएका थिए। सन् २०१६ मा उनीहरु ६ वर्ष लामो प्रेमसम्बन्धबाट छुट्टिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell