PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

४१८७ जना भए संक्रमण मुक्त, थपिए २७४५ जना संक्रमित



४१८७ जना भए संक्रमण मुक्त, थपिए २७४५ जना संक्रमित

काठमाडौं : देशभर १३ हजार २९० जनाको कोभिड १९ परीक्षण हुँदा २ हजार ७४५ जनामा संक्रमण देखिएको छ। ७ हजार ४४९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६८१ जनामा र ५ हजार ८४१ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ६४ जनामा संक्रमण देखिएको हो।

यस्तै, संक्रमणका कारण थप ४१ जनाको मृत्यु भएको छ। हालसम्म देशभर ८ हजार ५०६ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा ४ हजार १८७ जना संक्रमण मुक्त भएका छन्। यससँगै देशभर कूल सक्रिय संक्रमितको संख्या ६३ हजार २५७ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell