PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अमेरिकी र रुसी राष्ट्रपतिको वार्ता सकारात्मक, बाइडेनले भने, 'मैले त्यहीँ गरे जे गर्न आएको थिएँ', पुटिनले गरे तारिफ



अमेरिकी र रुसी राष्ट्रपतिको वार्ता सकारात्मक, बाइडेनले भने, 'मैले त्यहीँ गरे जे गर्न आएको थिएँ', पुटिनले गरे तारिफ
EPA/PETER KLAUNZER

अमेरिकी राष्ट्रपति जो बाइडेन र रूसी राष्ट्रपति भ्लादिमीर पुटिनबिच जेनेभामा भेटवार्ता भएको छ। दुबै देशबिच तिक्ततापूर्ण सम्बन्ध चलिरहेका बेला राष्ट्रपति भएपछि बाइडेनले पुटिनसँग भेट गरेका हुन्।

भिला ला ग्रेंजमा भएको वार्तापछि दुबै नेताले प्रेस कन्फ्रेन्स गरेर सकारात्मक प्रतिक्रिया दिए। सुरुमा रसियाका राष्ट्रपति पुटिनले वार्ता 'उच्च रचनात्मक' रहेको बताए। वार्ताका क्रममा कुनै 'शत्रुता' नझल्किएको आफूलाई लागेको पुटिनले बताए।

पुटिन करिब एक घण्टा बोलेपछि अमेरिकी राष्ट्रपति बाइडेनले पनि दुबैबिचको बैठक सकारात्मक रहेको प्रतिक्रिया दिए। 'मैले राष्ट्रपति पुटिनलाई भने कि मेरो एजेण्डा रूस वा कुनै अरुविरुद्ध होइन। यो त अमेरिका र अमेरिकी नागरिकको हकमा हो,' बाइडेनले भने।

बाइडेन पुटिनसँग साइबर सुरक्षाको विषय उठाएको बताए। यसमा रुस सैद्धान्तिक रुपमा सहमत भएको बाइडेनले बताए। उनले भने, 'मैले त्यहीँ गरे जे गर्न आएको थिएँ। पहिलो, ति क्षेत्रहरुको पहिचान गर्नु जसले दुबै देश आफ्नो पारस्परिक हित र विश्वको हितलाई ध्यानमा राख्दै अगाडि बढ्न सकियोस्। दोस्रो, सिधा सम्वाद गर्नु। तेस्रो, आफ्नो देशको प्राथमिकताहरु र मूल्यहरुलाई स्पष्ट रुपमा राख्नु जो उनले सिधा म बाट सुने।'

राष्ट्रपति बाइडेनले विश्व शक्तिका रुपमा अघि बढिरहेको रसियाले अमेरिका वा अन्य देशको मामिलामा हस्तक्षेप गरेमा यसको मूल्य चुकाउनुपर्ने र विश्वमा आफ्नो वर्चश्व गुमाउनुपर्ने चेतावनी पनि दिए।

राष्ट्रपति बाइडेनले रुसका विपक्षी नेता एलेक्सी नाभेल्नीको मृत्यु भएमा पनि रसियाले मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिए। रसियाका लागि यसको परिणाम खतरनाक हुने बाइडेनको चेतावनी थियो।

पुटिनलाई विश्वास गर्न सकिन्छ भन्ने सम्वाददाताको प्रश्नमा बाइडेनले प्रतिक्षा गर्नुको विकल्प नभएको बताए। 'सबैचन्दा राम्रो विकल्प भनेकै हामीले प्रतिक्षा गर्नु हो। केक कति स्वादिष्ट छ भन्ने कुरा नचाखी भन्न मुश्किल छ। हामी अहिले पर्खिने भन्नेमा छौं,' बाइडेनले भने।

रुसी राष्ट्रपतिले के भने?

रसियाका राष्ट्रपति पुटिनले अमेरिकी राष्ट्रपतिको तारिफ गर्दै बाइडेनलाई एक 'अनुभवी राजनेता' भने। पुटिनका अनुसार बाइडेन पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा धेरै फरक छन्। बाइडेनसँग विस्तारमा दुई घण्टा भएको सम्वाद अरु राजनेताहरुसँग गर्न नसकिने पनि पुटिनको भनाइ थियो।

पुटिनका अनुसार दुबै देश आ-आफ्नो देशबाट निष्कासित गरिएका कुटनीतिज्ञलाई फिर्ता पठाउन सहमत भएका छन्। युक्रेनको नेटो गठबन्धनमा फर्किने विषयमा बाइडेनले लामो कुराकानी गरेको पुटिनले बताए। साइबर हमलाको विषयमा रसियाले अमेरिकालाई विस्तृत जानकारी प्रदान गरे पनि यसमा अमेरिकाले कुनै जवाफ नदिएको पुटिनले बताए।

त्यसैगरी साइबर सुरक्षामाथि सम्वाद गर्न दुबै नेता सहमत भएका छन्। पुटिनका अनुसार दुबै देशबिच परमाणु स्थिरतालाई लिएर पनि सम्वाद भएको छ। न्यू स्टार्ट आर्म्स कन्ट्रोल सम्झौतामा संशोधनका लागि पनि थप परामर्श गर्ने सहमति दुई नेताबिच भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell