PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

करिनाको नाममा बजरंग दलको हंगामा : तैमुरकी आमालाई सीताको अभिनय नगराउन ज्ञापनपत्र बुझाइयो



करिनाको नाममा बजरंग दलको हंगामा : तैमुरकी आमालाई सीताको अभिनय नगराउन ज्ञापनपत्र बुझाइयो
Photo : India Today

केही दिनअघि बलिउडमा 'सीता' फिल्म निर्माण हुने घोषणा भएको थियो। जसमा सीताको भूमिका करिना कपुरले निभाउने चर्चा थियो।

घोषणा भएको केहि दिनमा नै फिल्म विरुद्ध प्रदर्शन सुरु भएको छ।  करिना कपुरले सीताको भुमिका निभाउने भनेपछि फिल्म विवादमा परेको हो।

अभिनेता सैफअली खानसँग विवहा गरेका कारण करिनाले 'सीता'को भूमिका निर्वाह गर्न नहुने भन्दै हिन्दु कट्टरपन्थी संगठनहरुले विरोध जनाएका हुन्। तैमुरकी आमा कहिले पनि सीता माता बन्न सक्दिनन् भन्दै समेत उक्त संगठन करिनाको विरोधमा उत्रेको हो।

नागपुरको बजरंग दलका कार्यकर्ताहरुले अभिनेत्री करिनाको विरुद्ध जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन्। साथै करिनाले यो फिल्म गरेको खण्डमा यसको निकै विरोध गर्ने समेत चेतावनी समेत दिएका छन्।

यो विवादबारेमा भने फिल्म टिमको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell