PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

घट्दै सक्रिय संक्रमित? एक सातामा साढे ११ हजार संक्रमित, करिब २५ हजार संक्रमण मुक्त



घट्दै सक्रिय संक्रमित? एक सातामा साढे ११ हजार संक्रमित, करिब २५ हजार संक्रमण मुक्त

काठमाडौं : पछिल्लो साता सक्रिय संक्रमितको संख्या निरन्तर रुपमा ओरालो लागेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हाल नेपालमा ६१ हजार ७२५ जना सक्रिय संक्रमित रहेका छन्।

यो संख्या कोभिड-१९ को आरटी-पीसीआर परीक्षणबाट संक्रमण पुष्टि भएकाहरुको तथ्यांकका आधारमा हो।

हालसम्म नेपालमा आरटी-पीसीआर विधिबाट परीक्षण गरिएका ६ लाख १५ हजार ९८४ जना र एन्टिजेन विधिबाट परीक्षण गरिएका २४ हजार ५६ गरी ६ लाख ४० हजार ४० जनामा संक्रमण पुष्टि भएको छ।

आरटी-पीसीआर विधिबाट संक्रमण पुष्टि भएकामध्ये ५ लाख ४५ हजार ६६२ जना संक्रमण मुक्त भइसकेका छन्। जुन कुल संक्रमितको ८८.६ प्रतिशत हो। त्यस्तै, ८ हजार ५९७ जना संक्रमितको मृत्यु भएको छ। यो संख्या आरटी-पीसीआर परीक्षणबाट संक्रमण पुष्टि भएकाको १.४ प्रतिशत हो। हाल सक्रिय संक्रमित १० प्रतिशत रहेका छन्।

घट्दो सक्रिय संक्रमित

सात दिन अगाडि भन्दा बिहीवार सक्रिय संक्रमितको संख्या १८ प्रतिशतले घटेको छ। यो सात दिनमा १३ हजार ५५० सक्रिय संक्रमित घटेका छन्।

२४ हजार ८४६ जना संक्रमित संक्रमण मुक्त भएका छन्। त्यस्तै, २४७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। यो तथ्यांक आरटी-पीसीआर संक्रमितको विवरणमा आधारित हो। त्यस्तै यो साता आरटी-पीसीआर परीक्षणबाट ११ हजार ५८८ जना र ५ हजार ३०१ जना एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएका छन्।

हाल नेपालमा एक लाख २८ हजार १५९ जनाको एन्टिजेन परीक्षण भएकोमा २४ हजार ५६ जनामा संक्रमण पुष्टि भएकोमा यो संख्याबाट कति संक्रमण मुक्त भए, कति उपचारकै क्रममा छन् र कतिको मृत्यु भयो भन्ने तथ्यांक स्वास्थ्य मन्त्रालयसँग पनि छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell