PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

विल गेट्सले छाडेको माइक्रोसफ्टको अध्यक्षमा भारतीय मुलका सत्य नाडेला नियुक्त



विल गेट्सले छाडेको माइक्रोसफ्टको अध्यक्षमा भारतीय मुलका सत्य नाडेला नियुक्त
PHOTO : accountingtoday.com

वासिङ्टन : विश्वचर्चित माइक्रोसफ्ट कार्पोरेसनको अध्यक्षमा सत्य नाडेला नियुक्त भएका छन्। माइक्रोसफ्टको अध्यक्ष यसअघि जोन थमसन रहेका थिए। नाडेल माइक्रोसफ्टको प्रमुख कार्यकारी अधिकृत (सिइओ) थिए।

भारतीय मुलका नाडेला सो चर्चित कम्पनीको अध्यक्षमा निर्विरोध निर्वाचित भएको कम्पनीले जनाएको छ।

माइक्रोसफ्टका संस्थापक विल गेट्सले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी गत सन् २००० मा त्यागेका थिए भने सन् २०१४ देखि लगातार नाडेला नै प्रमुख कार्यकारी अधिकृत थिए।

अध्यक्षमा निर्वाचित भए पनि नाडेलाले प्रमुख कार्यकारी अधिकृतको जिम्मेबारी समेत निर्वाह गरिरहने कम्पनीले जनाएको छ। माइक्रोसफ्ट कर्पोरेसनमा झण्डै दई दशकपछि एउटै व्यक्तिले अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको जिम्मेबारी पाएको हो।

त्यसैगरी कर्पोरेसनको अध्यक्षको जिम्मेवारीबाट संस्थापक विल गेट्स सन् २०१४ मा बाहिरिएपछि थमसनले अध्यक्षको जिम्मेवारी लिएका थिए।

अहिले थमसन पनि बाहिरिएपछि माइक्रोसफ्ट कर्पोरेसनको नेतृत्व तेस्रो व्यक्तिमा पुगेको छ। कर्पोरेसनको दोहोरो जिम्मेवारी लिएपछि नाडेलाले सामाजिक सञ्जाल ट्वीटरको आफ्नो एकाउन्टमा पनि ‘चियरमेन एण्ड सिइओ अफ माइक्रोसफ्ट कार्पोरेसन’ लेखेका छन्। एएनआई



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell