PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

रुपन्देहीमा २४ घण्टामा २२ जनामा संक्रमण पुष्टि, घट्दै संक्रिय संक्रमित



रुपन्देहीमा २४ घण्टामा २२ जनामा संक्रमण पुष्टि, घट्दै संक्रिय संक्रमित

बुटवल : ​रुपन्देहीमा विगत केही समयदेखि कोरोना संक्रमितहरुको संख्या घटिरहेको छ। स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा २२ जनामा संक्रमण पुष्टि भएको छ भने ४६ जना निको भएका छन्।

२९३ जनाको नमुना परीक्षण गर्दा २२ जनामा संक्रमण देखिएको हो। तिलोत्तमा नगरपालिकामा १५, बुटवल उपमहानगरपलिकाका ३ जना, सैनामैनामा नगरपालिकाका २ जना, मायादेबी गाउँपालिका र रोहीणी गाउँपालिकामा १/१ जना संक्रमित थपिएका छन्। जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३८७ रहेको छ।

​रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधिमा कोरोनाबाट १ जना संक्रमितको मृत्यु भएको छ। कोरोनाबाट जिल्लामा अहिलेसम्म ४७८ जनाको मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell